Logo
Logo

कांग्रेस महाधिवेशन : रोल्पाका ६६ वडामा सर्वसम्मत


315
Shares

रोल्पा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।

‘अधिवेशन हुन नसकेका एक वडामा आज अधिवेशन हुँदैछ’, कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन ।

जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्