Logo
Logo

कुलमान घिसिङ विरुद्धको सुनुवाइ स्थगित


1.4k
Shares

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तविरुद्ध परेको रिटमाथि शुक्रबार सुनुवाइ भएन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफँैले सुनुवाई गर्नेगरी पेसी तोकिएको थियो । तर, रिट निवेदकका कानुन व्यवसायीले सुनुवाइ स्थगितको माग भएपछि सुनुवाई हुन नसकेको हो ।

यसअघि ८ भदौमा प्रधानन्यायाधीश जबराले घिसिङ र शाक्यलाई नियुक्त गर्दाको सक्कल फायल झिकाउन आदेश गरेका थिए । मन्त्रिपरिषद्ले २०७७ माघ २६ मा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

उक्त नियुक्तविरुद्ध प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यले आफूलाई हटाएर कुलमानलाई गैरजिम्मेवार ढंगले नियुक्त गरिएको दावी गर्दै रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्