Logo
Logo

प्रतिनिधिसभा बैठक फेरि १५ मिनेटका लागि स्थगित


504
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमालेको विरोध कारण फेरि १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिपक्ष सांसदहरुले संसद्को मर्यादा कायम गर्नुपर्नेलगायतका विषय जोडेर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन भएको घोषणा गरे ।

प्रमुख प्रतिपक्षी दलका सांसदबाट निरन्तर नाराबाजी र विरोध भइरहँदा सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अघि बढाएका थिए ।

एमाले सांसदको अवरोधका बीच आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको थियो । ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

उक्त विधेयकहरु पारित भएपनि नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्