काठमाडौं । राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने शहीदका परिवारले मासिक ३ हजार रुपैयाँ भत्ता पाउने भएका छन् ।
शुक्रबार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शहीद परिवारलाई मासिक ३ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
सरकारको घोषणासँगै जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाएका शहीदको परिवारले मासिक भत्ता पाउने छन् ।
नेकपा माओवादी केन्द्रले विगतदेखी नै शहीद परिवारलाई भत्ता दिनुपर्ने माग गर्दै आएको थियो । आफ्नै सरकार हुँदा पनि कार्यान्वयन गर्न नसकेको माओवादीले यसपटक प्रतिस्थापन विधेयकमार्फत भत्ता घोषणा गरेको हो ।