काठमाडौं । सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी झार्ने बताएका हुन् ।
अहिले मेलमचीमा आएको बढीले आयोजना रुग्ण बनेको छ । त्यसका लागि पर्याप्त बजेट व्यवस्था गरेको शर्माले जानकारी दिएका छन् ।