Logo
Logo

ताप्लेजुङमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन


2.8k
Shares

ताप्लेजुङ । ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जिल्ला कमिटी गठन भएको छ । छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो ।

ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ । सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा आयोजित भेलाले फुङ्लिङमा पार्टीको कार्यालयसमेत स्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्