Logo
Logo

सत्तारुढ गठबन्धनको बैठक बस्दै, दलसम्बन्धी अध्यादेशबारे छलफल हुने


1.4k
Shares

काठमाडौं । मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहेको बेला बस्न लागेको बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने बताइएको छ ।

राजनीतिक दलसम्बन्धी विधेयकलाई के गर्ने ? भन्ने विषयमा समेत छलफल हुन बताइएको छ । सत्तारुढ दलमा पनि राजनीतिक दलसम्बन्धी विधेयकलाई लिएर फरक–फरक धारणा रहँदै आएको छ । सत्तारुढ नेकपा एकीकृत समाजवादी प्रतिस्थापन विधेयक ल्याउनुपर्ने पक्षमा रहेको छ भने जनता समाजवादी पार्टी नेपाल भने अध्यादेश फिर्ता गर्नुपर्ने पक्षमा छ ।

नेकपा समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद विस्तार गर्न नहुनेमा जोड दिँदै आएका छन् । अध्यादेश यथाअवस्थामा रहे पुनः पार्टी विभाजन हुने खतरा छ । त्यसैले यो विषय नि आजको सत्तारुढ बैठकमा छलफलको विषय बनेको हो ।

प्रतिक्रिया दिनुहोस्