Logo
Logo

ओलीको निर्देशन ‘अवरोध गर्नुपर्छ, बढाइरहनुस्’


3.2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेको भन्दै संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिए । संसदीय दलका नेता समेत रहेका ओलीले भने, ‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस् ।’

उनले वर्तमान गठबन्धन सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै घण्टाघर नबनाउने बरु भत्काउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्