Logo
Logo

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित


378
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गर्दै आएको छ । आइतबार प्रतिनिधिसभाको दुई पटक बसेको बैठक दुबै पटक एमाले सांसदको नाराबाजी गरेको थियो ।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर नाराबाजी गरेका थिए । सभामुख सापकोटाले पटक–पटक अवरोध रोक्न आग्रह गर्दा पनि नाराबाजी जारी राखेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

दोस्रो पटक सुरु भएको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजीलाई निरन्तरता दिए । सभामुखले बैठक सञ्चालनका लागि पुनः आग्रह गरे पनि उनीहरुले मानेनन् र अन्त्यमा बैठक मंगलबारसम्मका लागि स्थगित गरियो।

प्रतिक्रिया दिनुहोस्