काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ७१ दशमलव ४३ अङ्कले बढेर दुई हजार ९ सय ४७ दशमलव ४२ मा पुगेको हाे ।
कूल २ सय ३१ कम्पनीको एक करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर रु नौ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ० दशमलव ०५ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ ।
नौ कम्पनीका शेयरमा सर्किट
नेप्सेका अनुसार विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावर, छयाङदी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भयो ।
यस्तै, सिटजन म्युचुअल फण्ड ३ दशमलव ५८, रैराङ हाइड्रोपावर २ दशमलव २४, एनआइसि एशिया ग्रोथ फण्ड २ दशमव ०५, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ दशमलव ९६, एनआइसि एशिया फण्डका लगानीकर्ताले १ दशमलव ९५ प्रतिशतले गुमाए ।
कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख ४२ हजार ८५८ बराबर पुगेको छ ।