काठमाडाैं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले १४ जना सांसदलाई कारवाही गरेको सूचना टाँस्न सभामुखलाई सुझाव दिएका छन् ।
संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले १४ सांसदलाई कारवाही गरेको सूचना टाँसे मात्रै एमाले लचक हुन सक्ने बताएका हुन् । उनले सूचना टाँस्नुले सहमतिको एउटा आधार तय गर्ने समेत बताए ।
उनले सभामुखलाई सबै दलहरूलाई समान भूमिका निर्वाह गर्न समेत आग्रह गरे । सदन अवरुद्ध गर्दा पनि सत्ता पक्ष र सभामुखले पेल्ने नीति लिएको आरोप लगाउँदै उनले यो क्रम निरन्तर रहे संसद बैठक अवरुद्ध भइरहने दावी समेत गरे ।