Logo
Logo

सरकारले बान्तावा भाषालाई कामकाजी भाषाबाट हटाएकोमा बान्तावा खिमको आपत्ति


27.3k
Shares

सुनसरी । प्रदेश एक सरकारले सरकारी काम काजको भाषामा बान्तावा भाषालाई समावेश नगरेको भन्दै किरात राई बान्तावा खिमले आपत्ति जनाएको छ ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै बान्तावा खिमले सुनियोजित रूपमा प्रदेश सरकारले बान्तावा भाषालाई सरकारी कामकाजको भाषा नबनाएको आरोप लगाएकाे हाे ।

पत्रकार सम्मेलनमा किरात राई बान्तावा खिमका अध्यक्ष ज्ञान किरातीले जनगणनाको समयमा समेत भाषाका विषयमा जानकारी नहुने गणकहरूलाई पठाएर तथ्यांक संकलन गरी वान्तावा भाषीको संख्या घटाउने काम गरिएकोमा समेत असन्तुष्टी जनाए ।

उनले भने,‘ २०५८सालको जनगणनामा ३ लाख ७१ हजार ५सय ५६ जनाले बान्तावा भाषा बोल्ने तथ्यांक देखाएकोमा २०६८ सालको जनगणनामा सुनियोजित रुपमा छलकपट गरी १ लाख ३२हजार ५सय ८३ जना मात्र देखाइएको छ । यो हामीमाथिको षड्यन्त्र हो ।’

पत्रकार सम्मेलनमा उनीहरूले सरोकारवालाहरुसंग छलफल नगरी भाषा आयोगले समेत किरात राई बान्तावा भाषीहरूलाई अन्यायमा पारेको भन्दै आयोगप्रति असन्तुष्टी जनाए । उनीहरूले सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने भन्दै सच्याउन समेत माग गरेका छन् ।

प्रदेश १ मा २६ भाषिक किरात राईहरू रहेको र झण्डै आधा हिस्साले बान्तावा राई भाषा बोल्ने गरेको दावी बान्तावा खिमको छ ।

प्रतिक्रिया दिनुहोस्