Logo
Logo

दुई वर्षपछि १२ कक्षाको परीक्षा (फोटोफिचर)


945
Shares

काठमाडौं । कोरोना संक्रमणको महामारीका कारण स्थगित हुँदै आएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू भएको छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ । कोरोनाभाइरस महामारीका कारण दुई वर्षदेखि परीक्षा स्थगित भएको थियो । पछिल्लोपटक परीक्षा शुरु हुनु ८ दिनअघि साउन २३ गते परीक्षा स्थगित गरिएको थियो ।

अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू गरिएको परीक्षा बोर्डले जनाएको छ । प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो । बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको छ ।

परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको अर्यालले बताए ।

यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका छन् । विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन् । परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन् । परीक्षा असोज ८ गते सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्