काठमाडौं । सुनको मूल्य बिहीबार पनि घटेको छ । आज सुन प्रति तोला ७०० रूपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सुनको भाउ तोलामा ६०० रूपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार २०० रूपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको मूल्य भने लगातार तेश्रो दिन पनि स्थिर रहेको छ । बिहीबार चाँदी मंगलबार र बुधबारकै मूल्य अर्थात् प्रतितोला एक हजार २०० रूपैयाँ कायम रहेको छ ।