Logo
Logo

नेपाल र दाहालको उछित्तो काढ्दै ओली


819
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला हरेक भाषण माधव नेपाल र पुष्पकमल दाहालको उछित्तो काढ्न केन्द्रित हुने गरेका छन् । बिहीबार काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्ने क्रममा पनि ओलीले माओवादी अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई चर्को गाली गरे ।

ओलीले सुरुमै नेपाललाई गाली गर्दै उनी पार्टीमा आए फेरि विभाजन हुने बताए । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपाललाई एमालेमा आउन गरेको आग्रहप्रति ओलीको भनाइ लक्षित थियो ।

‘हुन त केही साथीहरू अहिले पनि ‘माधव कामरेड आउनुस्, तपाईंको आवश्यकता छ’ भन्नुहुन्छ । फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरि फुटाउने  ? के गर्न आवश्यकता छ माधव कामरेडको  ? म त बुझ्दिनँ । केलाई आवश्यकता छ,’ ओलीले भने । उनले नेपालतिर गएका कार्यकर्तालाई पनि एमाले मौरी भएको भन्दै फोहोरको डंगुर छोडेर फर्कन आग्रह गरे । ‘मौरीको संगत लागेर गयो भने फूलबारीमा पुगिन्छ ।

झिँगाको पछि लागेर फूलबारी पुगिँदैन, फोहोरको डंगुरमा पुगिन्छ, त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’ ओलीले भने। ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि क्रमशः हराउँदै गएको टिप्पणी गरे । , यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्