काठमाडौं । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ । शुक्रबार नेपाल एयरलाइन्सको जहाज ती खोप काठमाडौं ल्याइएको हो ।
निगमको वाइडबडी–३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो ।
खोप शाखा प्रमुख डा. सागर दाहालका अनुसार नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो । अन्य बाँकी विभिन्न देशले अनुदान दिएका हुन् ।