Logo
Logo

विद्युतीय पासोमा परि एकै परिवारका ३ जनाको मृत्यु


756
Shares

काठमाडौं । जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीनजनाको भृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।

विद्युतीय पासोमा परेर ठाकुरबाबा ३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।

छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरुलाई करेन्ट लागेको थियो ।

पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उनी मृतक थारुका छिमेकी हुन् । बर्दिया प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्