काठमडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता रामकुमारी झाँक्रीले ‘तेस्रो धार’लाई माफी दिनु नुहने बताएकी छन् ।
शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘तेस्रो धार’ युद्धबाट भागेकाले माफी दिनु नहुने बताएकी हुन् । तर, आत्मसमर्पण गरे ढोका खोल्नुपर्ने उनको भनाइ छ ।
भगौडालाई ल्याएर कमाण्डर बनाउन नसकिने उनले बताइन् । उनले भनिन्, ‘युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमाण्डर बनाउन सकिँदैन, युद्धबाट भागेका युद्ध अपराधीजस्तालाई किमार्थ माफी गर्नु हुँदैन । तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’
उनले तेस्रो धार भनिएकाहरू आँट र विद्रोह गर्न नसक्ने स्वभावका भएको पनि बताइन् ।
माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गरेपछि बनाएर निर्वाचन आयोगमा आवेदन दिएपछि उनलाई साथ नदिएका तर ओली पक्षमा पनि लाग्न नसकेका मध्यमार्गी नेताहरुले तेस्रो धार जन्माएका थिए ।
विगतमा नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए ।