Logo
Logo

प्रतिनिधि सभाले मात्रै आफूलाई विघटन गर्न सक्नुपर्छ : सभामुख


6.3k
Shares

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभाले मात्रै आफूलाई विघटन गर्नुपर्ने बताएका छन् । शनिबार नयाँ बानेश्वरमा विधायन व्यवस्थापन समितिद्वारा आयोजित ‘विधायिकी खुलापन-लोकतन्त्र मेला’ कार्यक्रममा सम्बोधन गर्दै उनले विघटनको सम्बन्धमा सुझाव आएको बताएका हुन् ।

उनले भने, ‘विघटनको सम्बन्धमा सुझाव आएको छ। प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सक्नुपर्छ। अथवा, प्रतिनिधि सभाले मात्रै गर्नुपर्छ। त्यो भयो भने सबैभन्दा लोकतान्त्रिक हुने छ ।’

उनले विधिवत् रुपमा प्रतिनिधि सभामा प्रस्ताव पेश गर्ने र राष्ट्रको आवश्यकता र जनताको चाहना नै विघटन रह्यो भने मात्रै विघटन गरिनुपर्ने व्यवस्था राखिनुपर्ने उनको भनाइ छ ।

संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको पनि उनले बताए । उनले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन, कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ ।’

जिम्मेवारी र कर्तव्य वोधको कमीका लोकतन्त्र कम्जोर हुँदै गएको पनि उनको भनाइ छ । उनले भने, ‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो । मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ ।’

सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्