काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सकेको सहयोग गर्न आफू निकट निजामती कर्मचारीलाई निर्देशन दिएका छन् ।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले कर्मचारी भनेको राष्ट्रसेवाक भएकाले राजनीतिक आधारमा नभइ आफ्नो जिम्मेवारी सम्झेर सरकारलाई सहयोग गर्न भनेका हुन् । आफू प्रधानमन्त्री भएको बेला तत्कालीन नेपाली काँग्रेसले आफू निकट कर्मचारीलाई सरकारलाई सहयोग नगर्न निर्देशन दिएको आरोप लगाउँदै ओलीले आफू निकट कर्मचारीलाई त्यासो नगरी आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।
भेलाई सम्बोधन गर्दै ओलीले भने– ‘म प्रधानमन्त्री भएको बेला देशको दोस्रो ठूलो भनिएको पार्टीले सरकारालाई सहयोग नगर्न दिर्नेशन दिएको थियो । त्यो कस्तो पार्टी हो ? कस्तो लोकतन्त्र स्वीकार गर्ने पार्टी हो ? जो राजनीतिक आस्थाको आधारमा सरकारलाई सहयोग नगर्नु भनेर निर्देशन दिन्छ ? यस्तो काम एमालेले गर्दैन । काँग्रेस, माओवादीले मात्र यस्तो गर्छन् । तपाईंहरु त्यसो नगर्नुस । सरकारलाई सहयोग गर्नुस् ।’
भेलाई सम्बोधन गर्दै ओलीले सरकारको तलवभत्ता खाएका कर्मचारीले राष्ट्रहित विपरित गविधि गर्नु अपराध रहेको भन्दै जिम्मेवारपूर्वक काम गर्न आफ्नो कर्मचारी कार्यकर्तालाई भनेका छन् ।