Logo
Logo

केपी ओलीविरुद्ध मुद्धा लड्नेहरुले मेडल पाए : नेम्बाङ


2.3k
Shares

काटमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टी फुटाउने र केपी शर्मा ओलीविरूद्ध लागेकाहरुले मेडल पाएको बताएका छन् । आइतबार एमालेले संविधान दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेम्बाङले यस्तो आरोप लगाएका हुन् ।

फाइल तस्बिर

‘हाम्रो पार्टीको सरकारविरूद्ध र केपी ओलीको सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ’ नेता नेम्बाङले भने, ‘सँगसँगै परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ ।’

उनले नेता झलनाथ खनालले मेडल पाएकामा समेत ब्यंग्य गरेका छन् । ‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो उहाँले मेडल पाउनुभएछ’ नेता नेम्बाङ भने, ‘दुई जना नेताहरू यहीँ क्रियाशील हुनुहुन्थ्यो उहाँहरूका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनुभएछ ।’ एमाले विभाजन हुँदै गर्दा बरिष्ठ नेता खनाल उपचारको क्रममा दिल्लीमा थिए । त्यसैलाई लक्षित गर्दै नेता नेम्बाङले यस्तो बताएका हुन् ।

सरकारले संविधान दिवशका अवसरमा ९०३ जनालाई विभिन्न पदक तथा विभूषण दिन सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्