काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३ गते नेपाली जनताको नयाँ युग भएको बताएका छन् । नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यस दिनलाई नेपालको पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान भएको उल्लेख गर्दै यसको रक्षा र कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।
आइतबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानसभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधानसभाले २०७२ भदौ ३० गते यो संविधान दुई–तिहाई बढी मतले पारित गरेको स्मरण गरे ।
अध्यक्ष ओलीले भने, ‘नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौँ संविधान हो । मलाई गर्भ लाग्छ, यो हाम्रो महान उपलब्धि हो ।’ नेपालको तराई क्षेत्रमा यसविरुद्ध आवाज उठाइए त्यो नेपालीको हितविपरित हुने उनको भनाइ छ ।
दुईतिहाई बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको यो संविधान ऐतिहासिक दस्तावेज भएको बताउँदै उनले भने, ‘विभिन्न आन्दोलनको दस्तावेज, जनताको हकअधिका र महत्वपूर्ण घटनाको संग्रह हो यो संसवधान ।’ यो संविधान जनताको जनचाहनाअनुरुप रहेको उनको भनाइ छ ।
नेपालको आकाँक्षालाई सम्मान गरेर पूर्ण लोकतन्त्रको आभाष गराएर संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू जनतामाझ गएर बनाएको यो जनताको अहितमा नरहेको उनको तर्क छ । यो संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राष्ट्र घोषित गरेको भन्दै अध्यक्ष ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड, मौलिक हक र कर्तव्य, संघीय आर्थिक कार्यप्रणाली, संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध, राजनीतिक दल सम्बन्धी व्यवस्था, संकटकालीन अधिकार, राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्थालगायत थुपै उपलब्धी ल्याएको उनले बताए । यो संविधान ल्याएसँगै सामन्ती युगको अन्त्य भएर जनताको युगको सुरुवात भएको सम्झनाका यसलाई जनताले उत्सवको रुपमा मनाइरहेको उनले बताए ।
अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै ओलीले भने, ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य भएकोमा यो दिनलाई उत्सवका रुपमा लिइएको हो ।’