Logo
Logo

एक हप्ताभित्र सरकारमा सहभागी हुँदै एकीकृत समाजवादी


2.3k
Shares

पोखरा । नेकपा (एकीकृत समाजवादी) एक हप्ताभित्रमा सरकारमा सहभागी हुने भएको छ । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र सरकारमा सहभागी हुने जानकरी दिएका हुन् ।

उनले पहिले क्षमता हुनेहरुलाई मात्रै काम गर्न पठाउने बताए । उनले भने, ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

उनले प्रदेश–१ र बागमती सरकार पनि परिवर्त गर्ने तयारी गरिरहेको बताए । उनले भने, ‘प्रदेश–१ र बागमती प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हाम्रो सरकार बनाउँछौँ ।’

अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न कार्यकर्तालाई आग्रह गर्दै भने, ‘असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे । हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो ।’

प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै अध्यक्ष नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने बताए । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायतका परिर्वतनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक रहेको नेता नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्