Logo
Logo

नेकपा (एस)को स्थायी र केन्द्रीय समिति बैठक बस्दै


1.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बस्दैछ ।

नेकपा (एस)ले केन्द्रीय कमिटीलाई पूर्णता दिन र ७७ जिल्लामा पार्टी इन्चार्ज तोक्नका लागि बैठक बोलाएको हो ।

बैठक आज पार्टी स्थायी कमिटी बैठक पार्टी मुख्यालय तीनकुने र केन्द्रीय कमिटी बैठक मंगलबार क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बोलाइएको बोलाएको हो । नेकपा (एस)को यो पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

दुवै बैठक पार्टीको सांगठनिक एकतामा केन्द्रित हुने बताइएको छ । स्थायी कमिटीले पारित गरेका प्रस्तावहरुलाई केन्द्रीय कमिटीमा पेस गरिनेछ।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार र ७७ जिल्लामा इन्चार्ज तोकेर केन्द्रीय कमिटीमा अनुमोदनका लागि प्रस्ताव पेस गर्ने बताइएको छ । बैठकले सातवटै प्रदेशमा प्रदेश कमिटी निर्माण गर्दै प्रदेश अध्यक्षसमेत बनाउने एजेण्डा छ ।

बैठकले आगामी २० असोजमा हुने राष्ट्रिय सम्मेलनका लागि राजनीतिक प्रस्तावमाथि छलफल गर्ने केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए । बैठकमा पार्टीको तीन महिने सांगठनिक कार्ययोजना बनाउने एजेण्डासमेत तय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्