काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठकमा प्रस्तुत तीनवटै प्रतिवेदन केन्द्रीय कटिमी बैठकमा लैजाने निर्णय गरेको छ ।
आज सम्पन्न स्थायी कमिटी बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेका थिए । स्थायी कमिटी सदस्यहरुको सुझावहरुलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय भएको सचिव तथा प्रवक्त योगेश भट्टराईले जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बस्दैछ । केन्द्रीय कमिटीबाट प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते सम्पन्न हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईले जानकारी दिए ।
स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रतिवेदनमाथि लिखित तथा मौखिक सुझाव दिएका थिए । उपमहासचिव घनश्याम भुसालले आठ पृष्ट लामो फरक मत दर्ता गराएका छन् ।