Logo
Logo

कोहलपुरमा प्रहरीकै संरक्षणमा जुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

कोहलपुर, १३ बैशाख ।
बाँकेको कोहलपुरमा जुवा खाल फस्टाएको छ । प्रहरीकै संरक्षणमा मिनि क्यासिनो शैलीमा जुवाखालहरु फस्टाएका हुन् ।


इप्रका कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले नै मासिक पाँच लाख भन्दा धेरै जुवाबाट उठाउने गरेका छन् । लामो समयदेखि त्यहाँ कार्यरत घुुमुवाहरु नरेन्द्र शाही र कलबहादुर रावलले जुवाखालबाट पैसा उठाउने गरेका थिए । नियमित पैसा बुझाउनेहरुलाई उनीहरुले नै संरक्षण दिने गरेका छन् । कतिपय ठाउँहरुमा उनीहरुले नै जुवा खेलाउने गरेको कसैले त्यसबारे सूचना दिएका उल्टै उनीहरुलाई नै दुःख दिने गरेको उजुरी माथिल्लो निकायमा पुगेको छ । डिआईजीसम्मलाई पैसा बुझाएर मिलाउने भन्दै उनीहरुले डिएसपी सिंहको नाममा पैसा उठाउने गरेका छन् ।


कोलहपुरका डिएसपी सिंह ललिपतुरमा हुँदा घुससहित रंगेहात पक्राउ परेका थिए । पैसा बुझाएरै उनी कोहलपुरमा इन्चार्ज भएका थिए । त्यहीकारण सुरुदेखि नै पैसा उठाउन उनी लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्