Logo
Logo

उकालो लाग्यो नेप्से, लगानीकर्ता उत्साहित


315
Shares

काठमाडौं । निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक आज उकालो लागेको छ । आज बजार बन्द हुने बेलासम्म बाउन्स ब्याक हुँदै नेप्से झण्डै १४ अङ्कले बढेको हो ।

हिजो (सोमबार) अधिकतम ११४ अङ्कले घटेको बजारमा मंगलबार एकाएक १३.८३ अंकले सुधार आएको छ । मंगलबार ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.३६ अङ्कले वृद्धि हुँदै ५०८.६२ विन्दुमा उक्लिएको हो ।

यस दिन बैङ्किङ, होटल तथा पर्यटन, विकास बैङ्क, हाइड्रोपावर, जीवन तथा निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहहरु धनात्मक (पोजेटिभ) बन्दा व्यापार, फाइनान्स, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूह ऋणात्मक भएका छन् । करिब १४ अङ्कले बढेको बजारमा ७ अर्बको मात्र कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कुल २२३ कम्पनीको एक करोड ५३ लाख ६ हजार कित्ता सेयर बजारमा ९५ हजार ६४६ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ अर्बको कारोबार भएको हो ।

गत सोमबार नै सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको परिमार्जित बजेट संसद्बाट पास गरेसँगै आम लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । संसद्बाट बजेट पास भएसँगै अब कार्यान्वयनमा आउने आसले लगानीकर्ताहरू उत्साहित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्