Logo
Logo

भारतीय सेनाको हेलिकोप्टर दुर्घटना


5.4k
Shares

एजेन्सी । भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना भएको छ ।

भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । बीबीसीका अनुसार उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका छन् ।

जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा दुर्घटनाग्रस्त भएको हो । गम्भीर रुपमा घाइते दुबै पाइलटलाई नजिकैको सैनिक अस्पताल पुर्याइएको छ ।’

स्थानीय नागरिकको मद्दतले सेना र स्थानीय प्रहरीले गम्भीर रुपमा घाइते पाइलटलाई दुर्घटनाग्रस्त हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याए । इलाकामा भारी वर्षा र कुहिरोका कारण दुर्घटना भएको बताइन्छ । यद्यपि, अहिलेसम्म यसको आधिकारिक पुष्टि भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्