काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । परराष्ट्र सेवाका राजदूतहरु भने यथावत रहने जनाइएको छ।
परराष्ट्र सेवाका ‘करिअर डिप्लोम्याट’ बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।