काठमाडौं । राजनीतिक नियुक्तिका रुपमा नियुक्त भएका राजदूतलाई सरकारले फिर्ता गर्ने निर्णयले १० राजदूतले पद धरापमा परेको छ । चीनका राजदूत महेन्द्र पाण्डेदेखि अमेरिकाका यूवराज खतिवडासम्मको पद गुमेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक आधारमा नियुक्त भएका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो । जसअनुसार निम्न राजदूतहरु फिर्ता हुने भएका छन्ः
१) महेन्द्रबहादुर पाण्डेय (चीन)
२) डा. वंशीधर मिश्र (बंगलादेश)
३) नारदमुनि भारद्धाज (कतार)
४) युवराज खतिवडा (अमेरिका)
५) अञ्जान शाक्य (इजरायल)
६) उदयराज पाण्डे (मलेसिया)
७) दावाफूटी शेर्पा (स्पेन)
८) डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
९) नीलाम्बर आचार्य (भारत)
१०) लोकदर्शन रेग्मी (बेलायत)