काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी नीतिप्रधान हुनुपर्ने बताएका छन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपाले सो कुरा बताएका हुन् ।
उनले नेकपा एमाले नेताप्रधान भएको भन्दै भने, ‘कम्युनिष्ट पार्टी नीतिप्रधान हुनुपर्दछ, नेताप्रधान होइन । तर, नेकपा (एमाले) नेताप्रधान पार्टीमा रुपान्तरण भइसकको छ, एमालेले मुलुकको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनायो ।’
अध्यक्ष नेपालले कम्युनिष्ट अन्दोलनको रक्षा र विकासको लागि नेकपा (एकीकृत समाजवादी) गठन गरेको बताए । नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद तथा विसर्जनवाद हावी भएको र त्यो प्रबृत्तिको नेतृत्व केपी ओली गरेको उनले बताए ।