Logo
Logo

सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय


5.4k
Shares

काठमाडौं । सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि कोरोना महामारीको प्रकोप बढेसँगै नेपाल-भारतका अधिकांश सीमाहरू बन्द थिए । कोरोना महामारी कम हुँदै जाँदा मुख्य नाकाहरू संचालनमा ल्याइएका भएपनि यो निर्णयसँगै बाँकी नाका पनि खुल्ने भएको हो ।

मन्त्री कार्कीका अनुसार बैठकले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको उनले जानकारी गराए । उक्त आदेशबाट प्रधानमन्त्री शेर बहादुर देउवाको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ ।

उक्त समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन–०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्