Logo
Logo

घरबेटी सरस्वती प्रधानसँग १ लाख १५ हजार धरौटीमा माग


3.2k
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग १ लाख १५ हजार रुपैयाँ धरौटी मागेको छ । बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई धरौटी मागेको हो ।

सञ्चारकर्मी रुपा सुनारले गत असार १ गते आफूमाथि जातीय विभेद भएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । सुनारले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गर्दै जाहेरी दिएकी थिइन् ।

त्यसपछि असार ६ गते पक्राउ परेकी घरबेटी प्रधानलाई असार ९ गते तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी कायाएलयमै पुगेर रिहा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्