Logo
Logo

सरकारले थाल्यो चाडपर्व लक्षित बजार अनुगमन


315
Shares

काठमाडौंं । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो ।

चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायतका प्रतिनिधिहरु रहेको उनले बताए । सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न बजार, पसलहरुको अनुमगन गर्ने छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने महानिर्देशक पौडेलको भनाई छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलेकाठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा पनि केन्द्रबाट अनुगमन टोली खटाउने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्