Logo
Logo

अमेरिकाले अर्को वर्ष ५० करोड डोज खोप बाँड्ने


315
Shares

काठमाडौं । अमेरिकाले अर्को वर्ष थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ । संयुक्त राष्ट्रसंघको महासभाबीच आयोजाना गरिएको एक भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका हुन् । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ ।

यसअघि राष्ट्रपति बाइडनले ५८ करोडमात्रा खोप दान दिने बाचा गरेकामा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको छ । विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसंख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ ।

बिबिसीले उल्लेख गरेअनुसार विश्व स्वास्थ्य संगठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ । तर त्यस्तो लक्ष्य भेटिने सम्भावना देखिँदैन । बाइडनले खोप वितरणका व्यवस्थापकिय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा गरेका छन् ।

धेरै उच्च आय भएका देशहरूले आफ्ना आधाभन्दा धेरै जनसंख्यालाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । जबकि, न्यून आय भएका देशमा २ प्रतिसतले मात्र पहिलो मात्रा खोप लिन सकेका छन् ।

कयौँ अध्ययनहरूले अझै धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्ये उच्च संख्या काम नलाग्ने भएर छिट्टै फ्याकिनुपर्ने बताइएका बेला ह्वाइटहाउसले त्यस्तो सम्मेलन आयोजना गरेको हो ।

जुन महिनामा जी–सेभेन सदस्य राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिकाले अर्को वर्ष गरिब देशहरूका लागि १ अर्ब मात्रा खोप दान गर्ने बाचा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्