काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी सचिव शेरबहादुर तामाङका अनुसार शुक्रबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले बताए । उनका अनुसार बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठक बैठक शनिबारसम्म चल्नेछ ।