काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि हिजो बसेको काँग्रेस पदाधिकारी बैठकले पालिकास्तरको अधिवेशन दशैं अगाडि नै गर्ने र बाँकी दसैंपछि गर्ने समझदारी भएको थियो ।