काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने प्रक्रियामा रहेकाले अवरोध नगर्न एमाले सांसदहरूसँग आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले भने, ‘देशको दैनिक आर्थिक प्रशासनसँग सम्बन्धित अत्यावश्यक अर्थ विधेयकहरूको प्रक्रियामा छौँ । तसर्थ, आ–आफ्नो स्थानमा आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गर्दछु ।’
प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट पारित गरिएको विनियोजन विधेयक (बजेट) निर्णयार्थ प्रस्तुत गरिँदैछ । लगत्तै सभामुखले बजेट प्रमाणीकरण गराउन राष्ट्रपतिकहाँ पठाउनेछन् ।
एमालेका सांसदहरूले संसद्को बैठक सञ्चालनमा अवरोध गरेका कारण महत्वपूर्ण विषयहरूले गति लिन सकेको छैन । जसका कारण विभिन्न समस्या एवं जनजीविकाका पक्षमा अन्य सदस्यले बोल्न नपाएको सभामुखले बताए ।