काठमाडौं । प्रहरीले १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । काँडाघारीमा जुवाको खालबाट महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान पक्राउ गरेको हो ।
कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।
उनका अनुसार पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका जुवाडे संग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । ती व्यक्ति संग प्रहरीले अन्य अध्यान समेत गरिरहेको छ ।