Logo
Logo

दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ: कहाँ जान कति लाग्छ भाडा ?


2.3k
Shares

काठमाडौं । दसैंमा घर जानका लागि सरकारले असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ । यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन ।

व्यवसायीहरुले भाडा समायोजन तत्काल कार्यान्वयनमा आउनुपर्ने माग राख्दै आएका छन् । यातायात व्यवस्था विभागले २०६५ मा बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्ड अनुसार भाडा समायोजन गर्दै आएको छ ।

हेर्नुस् भाडादर

प्रतिक्रिया दिनुहोस्