काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
साथै, स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको बैठकमा त्यसबारे जानकारी गराइने कार्यक्रम रहेको नेता शेरहादुर तामाङले जानकारी दिएका छन् ।