Logo
Logo

काँग्रेसको शनिबारदेखि ६४ जिल्लामा पालिका अधिवेशन


441
Shares

काठमाडौं । नेपाली काँग्रेसले असोज ९ गते शनिबारदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकैपटक गर्ने प्रस्ताव गरेका थिए । तर, पदाधिकारी बैठकले भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले पार्टीका कार्यकर्तालाई उत्साहका साथ सहभागी हुने आग्रह गरेको छ । १३ जिल्लाका क्रियाशील सदस्यको चाँडै सार्वजनिक हुने प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्