Logo
Logo

पार्टीले निर्णय गरे प्रचण्डसँग लड्न तयार छु : बादल


441
Shares

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आगामी निर्वाचनमा चुनाव लड्न तयार रहेको बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘पार्टीले निर्णय गरेको छैन । तर, आगामी दिनमा पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार छु । त्यो अवस्था पनि आउन सक्छ ।’

अध्यक्ष प्रचण्ड र बादल दुवै चितवनका हुन् । माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको दावी गर्दै उनले भने ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयंम प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् ।’

बादलले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै भने, ‘उहाँले लोकतन्त्र, विधि उल्लंघन गरिराख्नु भएको छ ।’ अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको विरुद्धमा लागेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्