ठमाडौं । संवैधानिक इजलास गठनबारे विवादमा सर्वोच्च अदालतले एमिकस क्युरीको राय लिएरमात्र थप आदेश गर्ने भएको छ ।
प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने मागसहित दायर भएको रिटमाथि शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले एमिकस क्यूरी पठाउन आदेश दिएको हो ।
इजलासको आदेशअनुसार एमिकस क्यूरीका रूपमा सर्वोच्च अदालत बार र नेपाल बारले दुई÷दुई सदस्य पठाउने छन् । यसअघि उक्त रिटमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत माग गरिएको थियो ।
अधिवक्ता गणेश रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने दाबी उक्त रिट निवेदनमा गरेका छन् । संवैधानिक परिषद्ले गरेका नियुक्तिविरुद्धको रिटमा सुनुवाइका लागि बस्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न हुने कि नहुने भन्नेबारे इजलासमै पनि बहस भएको थियो ।