Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कांग्रेसको पालिका अधिवेशनदेखि एमालेको प्रतिवेदनमा जनयुद्धको खोजीसम्म


567
Shares

हेडलाइन्स्

१. नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु, पालिका अधिवेशन सम्पन्न भएसँगै नतिजा आउने क्रम जारी, अधिकांश पालिकामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्यानल नै बनाएर प्रतिस्पर्धामा, शनिबार सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिद्वारा जानकारी, वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज पालिका अधिवेशन सुरु हुन सकेन ।

२. नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न १० समूहका नेताद्वारा सुझाव राख्ने क्रम जारी, कार्यकारी पदमा दुई पटकभन्दा बढी बस्न नपाइने व्यवस्था गर्न सुझाव, समूह नेताद्वारा नेताको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राख्नुपर्नेमा जोड, नेपाली कम्युनिष्ट आन्दोलनमा माओवादी जनयुद्धको समेत ठूलो योगदान रहेको भन्दै जनयुद्धलाई पनि प्रतिवेदनमा समेट्न सुझाव, संसद विघटन र पार्टी विभाजनको कुरा पनि प्रस्ट रुपमा राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा जोड ।

३. नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिवद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न त्यहीँ रुपमा अन्तर्राष्ट्रिय जगत प्रतिवद्धता पनि हुनुपर्नेमा जोड, नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको र यसबाट हुने हानि तथा नोक्सानीको अन्तर्राष्ट्रिय रुपमा सम्बोधन हुनुपर्नेमा जोड ।

४. केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने सत्ता गढबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, संघीय सरकारले पूर्णता पाउने वित्तिकै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने भनाइ, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने दाबी ।

५. पार्टी विभाजनको क्रममा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा ओलीको बहिस्करण सामना गर्दै, १० बुँदे प्रस्तावको आधारमा पार्टीलाई अगाडि बढाउने हसमतिमा पार्टीमै फर्केकाहरु अझै अलपत्र, १० बुँदे कार्यन्वयन नभएको भन्दै तेस्रो धार आक्रोसित, जारी केन्द्रीय कटिमी बैठकममा प्रस्तुत प्रतिवेदनहरुमाथि छलफलको लागि बनाइएको १० वटा समूहमा तेस्रो धारका कुनै पनि नेताले जिम्मेवारी पाएनन् ।

६. आसन्न १४औं महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घोषणा, पार्टीमा आमूल परिवर्तन ल्याउन पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने प्रतिवद्धता, अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको टिप्पणी, १४औं महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजा परिषदको जस्तै हुने चेतावनी ।

७. विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङको जोड, भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै नेपालको विकास र समृद्धि सम्भव रहेको उल्लेख, भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भइरहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबैले भूमिका खेल्नुपर्ने धारणा ।

८. यस साता नेप्से परिसूचक ७ दशमलव २,७ अंक बढेर २८ सय १९ दशमलव ६५ विन्दु कायम, साताका ४ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढ्दा नेप्सेमा सामान्य सुधार, यस साता सेन्सेटिभ इण्डेक्स ४ दशमलव २४ अंक वृद्धि हुँदा फ्लोट इण्डेक्स १ दशमलव ६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ६,७ अंक कामय, यस साता नेप्से सामान्य अंक बढेपनि कारोबार रकम भने केही घट्यो, यस साता दैनिक औषतमा ७ अर्ब ४४ करोडको शेयर कारोबार ।

९. काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गर्यो, बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लको उत्कृष्ट प्रदर्शनमा किंग्स ११ विजयी यात्रा तय गर्न सफल, शनिबार भएको उद्घाटन खेलमा काठमाडौं ११ द्धारा ललितपुर ७ विकेटले पराजित, ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

१०. अफगानिस्तानलाई सहयोग गर्नेगरी संयुक्त राष्ट्रसंघ सवैलाई परिचालन गर्न पाकिस्तानको माग, राष्ट्रसंघको ७६औँ महासभालाई सम्वोधनका क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा अफगानिस्तानलाई सहयोग गर्न माग, अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न संकट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसंघले सवैलाई परिचालन गर्नुपर्नेमा खानले जोड, मानवीय सहायत उपलब्ध गराउन अझै ढिला गरेमा विश्वलाई नै लज्जित गराउनेगरी नराम्रो क्षती हुने चेतावनी ।

प्रतिक्रिया दिनुहोस्