Logo
Logo

योजनाकारलाई भगाएर एसपीलाई जाेगाउने प्रयास


137k
Shares


काठमाडौं । मोटरसाइकलमा लागू औषध राखेर पत्रकारलाई फसाउने खोज्ने रौतहटका तत्कालिन एसपी सिद्धिबिक्रम शाहलाई जोगाउने प्रयास भएको छ । मुख्य योजनाकारलाई पक्राउ नगरी उनलाई जोगाउने प्रयास भएको हो ।


घटनाको एक महिना बित्दा पनि छानबिन सकिएको छै्न । नियतबश रुपमा एसपीलाई जोगाउने प्रयास भइरहेको स्रोत बताउँछ । प्रहरी प्रधान कार्यालयले भदौ ८ गते एसएसपी कृष्ण महतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो।

साउन ३२ गते रौतहट प्रहरीले लागु औषधसहित पत्रकार मोहम्मद मोजिबुल्लाहलाई गौरस्थित एक होटलबाहिरबाट पक्राउ गरेको थियो । प्रहरीकै योजनामा लागूऔाषध राखिएको थियो । जसको मुख्य योजनाकार पत्रकार महासंघ रौतहट शाखाका सहसचिव सञ्जय सहनी हुन् । जो अझै पक्राउ परेका छैनन् । उनी पक्राउ नपरेकाले एसपीको भूमिका प्रष्ट हुन नसकेको भन्दै उनलाई जोगाउन लागिएको हो ।


पत्रकार सहनीले एसपी शाहलाई भनेर पत्रकार मोजिबुल्लाहलाई पक्राएका थिए । जिल्ला प्रहरी कार्यालयका घुमुवा प्रहरीद्वय असई उदयप्रसाद यादव र जवान मनोज शाहको उपस्थितिमा धिरज यादव र जितेशकुमार यादवले उनको मोटरसाइकलमा लागुऔषध राखेको सिसिक्यामेरामा समेत देखिएको छ ।


घटनामा योजनकार सहनीले एसपी शाहसँगको टेलिफोन सम्वादको अडियो समेत बाहिर आइसकेको छ । जसमा एसपी शाहले काम भयो नि भनेर सोधेका छन् ।


गुप्तचरबाट चलखेलका आधारमा नेपाल प्रहरीमा आएका एसपी शाहले यसअघि प्रबन्धमा बसेर पनि करोडौं कमाएका थिए । अहिले पनि उनलाई जोगाउन प्रहरी प्रधान कार्यालयमा चलखेल भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्