हेडलाइन्स्
१.मन्त्रिपरिषद् विस्तारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सत्तारुढ गठबन्धनबीच सहमति, राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने, सरकारका कामको समीक्षा र समसामयिक राजनीतिलगायत विषयमा छलफल, आवश्यक निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिने निर्णय ।
२. हुम्लामा नेपाल–चीनबीचको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो, समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाए, समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने मन्त्री खाँणको प्रतिवद्धता, स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाइएको र यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको गृहमन्त्रीको धारणा ।
३. अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्ण पौडेलद्वारा प्रस्तुत विधान मस्यौदा प्रस्तावा पारित गर्दै नेकपा एमाकालेको केन्द्रीय कमिटी बैठक सम्पन्न, एमालेमा ७० वर्षे उमेरसम्बन्धी हदम्याद कायमै रहने, अध्यक्षको राजनीतिक प्रस्तावमा अपुरो रहेको भन्दै उपमहासचिव घनश्याम भुसालको तीन बुँदे फरक मत, १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै तेस्रो धारका नेता असन्तुष्ट ।
४. नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने १ हजार ६ सय जनाको नाम सार्वजनिक, वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिएको लिखित र अन्तरवार्तामा उत्तीर्ण ६ हजार ३ सय १७ सहभागीमध्ये लिखित परीक्षामा उत्तीर्ण २ हजार ३९ जनाबाट रोजगारीमा पठाइने १ हजार ६ सयको मात्र नाम सार्वजनिक, बाँकी उत्तीर्णलाई के गर्ने भन्नेबारे अन्योल ।
५. विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख पोखरामा, कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा पुगे, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कूनीतिक नियोगका प्रमुखसमेत पोखरामा, विभिन्न देशका राजदूतको आगमनले पोखरा एक पटक घुम्नैपर्ने गन्तव्य हो र पर्यटकलाई आतिथ्यता प्रदान गर्न यहाँका व्यवसायी तयार छन् भन्ने सन्देश दिने विश्वास ।
६. प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखराको मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ? भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोध्यो, अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै त्यसबारे जानकारी गराउन निर्देशन, समितिले सरकासँग मणिपाल अस्पतालसँगको सम्झौतापत्र समेत माग्यो ।
७. नीति–निर्माणमा सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ ‘नीति अनुसन्धान प्रतिष्ठान’ स्थापना भएको तीन वर्ष पूरा, नयाँ नीतिहरूको आवश्यकता औँल्याउने, पुराना÷मौजुदा नीतिको समीक्षा÷परीक्षण गरी परिमार्जन या खारेजीका लागि सुझाव दिने र सरकारका लागि आवश्यक नयाँ नीतिहरू तर्जुमा गर्ने प्रयास, स्थापना भएको तीन वर्ष पूरा हुँदा पनि प्रतिष्ठानले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना ।
८. शेयर कारोबार हुने साताको पहिलो दिन आइतबासर धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकले गिरावट, नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१ दशमलव २,७ बिन्दुले घटेर २ हजार ७५८ दशमलव ४८ मा ओर्लियो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १० दशमलव ७,० बिन्दुले घटेर ५१९ दशमलव ३,६ कायम ।
९. अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिम घोषणा, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले च्याम्पियनसिपका लागि २३ सदस्यीय टिम घोषणा गरे, टिममा गोलकिपर विकेश कुथु र डिफेन्डर राजन गुरुङ भने अटाउन सकेनन्, बन्द प्रशिक्षणका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम उतैबाट माल्दिभ्स जाने ।
१०. दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध अन्त्यका लागि पुनः वार्ता गर्न सकिने उत्तर कोरियाका नेता किम जोङ उनका बहिनी किम–यो–जोङको भनाइ, दक्षिण कोरियाले ‘शत्रुतापूर्ण नीतिहरू’ रोकेको खण्डमा मात्र उत्तर कोरिया उक्त प्रस्तावबारे कुरा गर्न इच्छुक रहेको धारणा, उत्तर कोरियाले युद्ध अन्त्य भएको घोषणा गर्न एक प्रमुख सर्त आफूविरुद्ध लगाइएको आर्थिक नाकाबन्दीलाई पहिले हटाइनुपर्ने मागलाई निरन्तरता दियो ।