Logo
Logo

कांग्रेस १४ औँ महाधिवेशनः म्याग्दी, मुस्ताङ, ताप्लेजुङ र झापामा नेतृत्व चयन


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत म्याग्दी र मुस्ताङ जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । म्याग्दीको गाउँ/नगर अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने मुस्ताङका पाँचवटै गाउँपालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ ।

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ भने अन्य चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । बेनी नगर सभापति पदमा रवीन्द्र कार्की निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा कार्कीले सभापतिका उम्मेदवार विक्रम बोगटीलाई आठ मतले पराजित गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको सभापतिमा बलबहादुर तिलिजा निर्वाचित भएका छन् । सभापतिका प्रत्यासी कृष्णप्रसाद बरुवाललाई एक मतले पराजित गर्दै तिलिजा निर्वाचित भएका हुन् ।

रघुगङ्गा गाउँपालिकामा मनकुमार शेरपुञ्जा सर्वसम्मत सभापतिमा चयन भएका छन् । उनी रघुगङ्गा–६ पाखापानीका वडाध्यक्षसमेत छन् । पश्चिम म्याग्दीको धौलागिरिमा प्रेम पुन ,मालिकामा खिम पुनः र मङ्गला गाउँपालिकामा नरसिंह खत्री सर्वसम्मत सभापति निर्वाचित भएका छन् ।

यसैगरी मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ, थासाङ र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ । नेपाली कांग्रेस मुस्ताङका अनुसार लोमान्थाङमा छेवाङ झिम्मी विष्ट, लोघेकर दामोदरकुण्डमा टसी लेन्डुप गुरुङ, घरपझोङमा यामप्रसाद थकाली, थासाङमा रुपेश गौचन र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ सर्वसम्मतरुपमा चयन भएका छन् ।

ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन
नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो ।

फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी सिरिजङ्घामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्च थलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा चयन भएका छन् । फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा भने समय अभावलगायतका कारण आइतबार मात्रै निर्वाचन भएको थियो ।

झापाका १५ पालिकामा नेतृत्व चयन
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो ।

मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए ।

उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५÷६५ मत ल्याएर बराबरी भएका छन् । उहाँहरु मध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिए ।

यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्