Logo
Logo

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित


2.7k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो केहीबेर बेसेसँगै बैठक असोज १४ गते सम्मका लागि स्थगित गरिएको हो ।

सोमबार बसेको बैठकमा बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर बैठक सकिएको हो ।

सोमबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिरोध जारी राखेको थियो । एमाले सांसदहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका थिए ।

सभामुख सापकोटाले दल विभाजनमा सहयोग गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्