Logo
Logo

एमाले सांसदलाई बाबुरामले भने- नैतिकता छ भने राजीनामा देऊ


2.6k
Shares

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।

सोमबार संसद् भवनबाट बाहिरिने क्रममा भट्टराईले एमालेका सांसदहरुलाई भने, ‘मैले दोस्रो संविधानसभामा २०७२ सालमा पार्टी छोडिसकेपछि तुरुन्त राजीनाममा दिएको थिएँ । उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसद्लाई दुई दुई पटक विघटन गर्ने एमालेलाई संसद्‌मा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे । अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौं भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि बताए ।

भट्टराईले भने, ‘जसले संसद्लाई दुईदुई चोटी विघटन गर्छ। ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने? सर्वोच्चको फैसला मान्दैनौं भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ?’

भट्टराईले एमालेले आफैंले विघटन गरेको संसद्‌मा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए।

प्रतिक्रिया दिनुहोस्